default_image

9 years ago

February 26, 2017

नेपालमा पहिलोपटक फुटसल प्रशिक्षण कोर्ष सुरु

163 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजना र एसियाली फुटबल महासंघको सहयोगमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि ‘एएफसी फुटसल कोचिंग सर्टिफिकेट कोर्ष लेभल -१’ सुरु भएको छ

group-photo Futsal Coach

६ दिने प्रशिक्षण कार्यक्रममा नेपालभरीका १९ प्रशिक्षकलाई इरानका होसेन शाम्सले सैद्धान्तिक र व्यावहारीक ज्ञान दिनेछन् एएफसी ‘सी’ कोचिङ लाइसेन्स प्राप्त गरेका प्रशिक्षकले मात्र भाग लिन पाउने एन्फाले जनाएको छ

केहि साता अघिमात्र पूर्णता पाएको फुटसल कमिटीले तत्कालै फुटसल खेलको प्रवर्द्धन र बिकासको लागि कटिवद्ध भएर लाग्ने कमिटिका अध्यक्ष रमेश रायमाझीले बताए

एन्फाका कार्यवाहक महासचिव सन्जिब मिश्रले फुटसल खेलले फुटबल खेलको लागि पनि धेरै सहयोग गर्ने र युवाहरुमा फुटसल प्रतिको लगावले नेपाललाई फाइदा पुग्ने अभिव्यक्ति दिए

नेपालले हालसम्म कुनैपनि अधिकारिक फुटसल प्रतियोगितामा अन्तराष्ट्रिय सहभागिता जनाएको छैन

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.