default_image

9 years ago

March 7, 2017

कास्कीमा लिगलको अध्यक्षतामा फुटसल संघ गठन

187 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – फुटसल खेल विकासका लागि भन्दै सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ।

kaski-futsal

राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन पछि कास्की पहिलो शाखाको रुसमा विस्तार गरिएको हो । यो जिल्ला खेलकुद विकास समितीमा कान्छो खेल संघको रुपमा दर्ता भएको छ । यो कास्कीमा विधिवत दर्ता भएको ८९ औं खेलकुद संघ समेत हो । लिगलको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा सुसिल केसी रहेका छन । त्यसै गरि सचिवमा प्रदिप घिमिरे, सहसचिवमा धर्मराज पराजुली, कोषाध्यक्षमा जयन्त सिंह र सदस्यहरुमा प्रकाश पराजुली, मोहन कुवंर, डा. दिवश क्षेत्री, दामोदर बराल, दिपक बास्तोला, उमेश पुन र नवराज कोइराला छन् । सदस्य पुन नेपाल खेलकुद पत्रकार मंचको तर्फ बाट प्रतिनिधित्व गर्नेछन ।

नव गठित कार्य समितीको घोषणा कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानीको रुपमा स्थापित गर्न सवैको सहयोग आबश्यक रहेको बताए । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै पोखरा रंगशालामा पुर्वद्धार विकास लगाएतका कार्यहरु सुरु गरिने समेत जानकारी दिए । उनले पोखराको फुटबल स्टेडियम निर्माणका लागि अवबो एक दुई दिनमा नै डिपिआरका लागि सम्झौता हुने बताए । उनले रंगशालमा भत्किनलागेको गेट र पर्खालको पनि मर्मत सम्भार गरिने बताए ।

नेपाल फुटसल संघका केन्द्रिय उपाध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरम बहादुर लामिछाने, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले शुभकामना मन्तव्य राखेका थिए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.