8 years ago
June 29, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय धान दिवसको अवसरमा थापागाँउ सुधार समितिले आयोजना गरेको मैत्रीपूर्ण फुटसल टिम ‘ए’ ले जितेको छ । थापागाँउस्थित रोयल फुटसलमा आज भएको फाइनलमा टिम ‘ए’ ले टिम ‘बी’ लाई २–१ ले हराएको थियो ।

विजेता टोलीका लागि सम्राट केसी र दीपक थापाले गोल गरे । पराजित टोलीका लागि शशी थापाले गोल गरे । त्यसअघि सेमिफाइनलमा टिम ‘ए’ ले टिम ‘डी’ लाई र टिम ‘बी’ ले ‘सी’ लाई हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।
विजेता टोलीका खेलाडीलाई पूर्व प्रधान न्यायधिश केदारप्रसाद उपाध्यायले मेडल र प्रमाण पत्र वितरण गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सहभागी टोलीलाई प्रमाणपत्र वितरण गरे ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]