8 years ago
July 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। एएफसी फुटसल च्याम्पियनसिप २०१८को छनोट चरण अन्तर्गत बिहिबार भएको ड्रमा नेपाल समूह ‘ए’मा परेको हो।
पहिलो सहभागिता जनाइरहेको नेपाल समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानसँग परेको छ। उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो। प्रतियोगिता अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा आयोजना हुने एन्फाले जनाएको छ।
नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने त्यसको भोलिपल्ट किर्गिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेल अन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ। समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेश पाउनेछ। प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ।
प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोटका निम्ति एन्फाले अगष्ट महिनामा औपचारिक फुटसल लिगको आयोजना गर्दैछ। उक्त प्रतियोगितामा एन्फा अन्तर्गत दर्ता भएका कुनैपनि क्लबले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागिता जनाउने टोलीसँग अनिवार्य रुपमा एएफसी फुटसल कोचिङ लाइसेन्स भएका प्रशिक्षक हुनुपर्ने प्रावधान रहेको छ।
एन्फाले केहि महिनाअघि एएफसी फुटसल प्रशिक्षण कोर्ष गराएको थियो। उक्त कोर्षमा १९ प्रशिक्षकको सहभागिता रहेको थियो। यसैगरी प्रतियोगिता संचालनलाई मध्यनजर गर्दै अगष्ट महिनाको सुरुवातमै रेफ्री कोर्ष पनि राखिने एन्फाले जनाएको छ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]