default_image

8 years ago

July 8, 2017

रोड हाउस फुटसल उपाधिका लागि बौद्ध र ठमेल भिड्ने

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ठमेल र बौद्ध रोड हाउस फुटसल उपाधिका लागि भिड्ने भएका छन् । चेन रेष्टुरेन्ट ग्रुप रोड हाउसले आयोजना गरेको फुटसलको शुक्रबार भएको सेमिफाइनलमा रोड हाउस ठमेलले रोड हाउस पिज्जरियार्लाइ ५–० ले र रोड हाउस बौद्धले कर्पोरेट ग्रुपलाई १२–३ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।


प्रतियोगितामा सेमिफाइनल पुग्नेसहित रोड हाउसका शाखा भाटभटिनी, पुल्चोक, मेजे वाइ रोड हाउस, ला डोल्से भिटा, सेन्टर स्टोर किचन गरि ९ टोलीको सहभागिता रहेको थियो । फाइनल मंगलबार हुने आयोजक समितिका सदस्य शेरफ योञ्जनले जानकारी दिए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.