8 years ago
July 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा यहि महिना दोस्रो अन्तर मिडिया पिनाकल फुटसल कप साउनको अन्तिम साता आयोजना हुने भएको छ । नेपाल प्रेस युनियनका केन्द्रिय सचिव समेत रहेका सक्रिय पत्रकार क्षेत्रीको दुई बर्षअघि निधन भएको थियो ।
क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटबल आयोजना गरिएको आयोजक गोलपोस्ट स्पोर्टस एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक केशव थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । ललितपुर भैसेपाटीस्थित आयोजक सेन्टरकै फुटसल मैदानमा प्रतियोगिता साउन २६ देखि २८ गते सम्म हुनेछ ।
प्रतियोगिता संयोजक दीलिप थापा मगरले तीन दिने प्रतियोगितामा विभिन्न सञ्चारमाध्यमको सहभागिता रहने जानकारी दिए । पिनाकल कलेज लगनखेलले प्रायोजन गरेको प्रतियोगितालाई रेडबुलले सहप्रायोजन गरेको छ ।
गत बर्ष राष्ट्रिय अन्तर मिडिया फुटसल कपको उपाधि इमेज च्यानलले जितेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]