default_image

8 years ago

August 15, 2017

मेयर कप फुटसल हुने

211 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युवा संघ नेपालको आयोजनामा पहिलो संस्करणको मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ ।

काठमाडौं महानगरपालिकास्थित वडा नम्वर २५ र २७ को संयुक्त आयोजनामा मेयर कप फुटसल प्रतियोगिता यही भाद्र १० गतेदेखि १७ गनेसम्म हुने भएको हो । प्रतियोगितामा काठमाडौं महानगरका सबै ३२ वडालाई बोलाइएकोमा हालसम्म १८ वटा वडाको टिमले प्रतियोगितामा सहभागिता सुनिश्चित गरिसकेको संघका प्रवत्ता संयोजक सुरज केसीले जानकारी गराए । प्रतियोगितामा वडाका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिता संयोजक अषेश महर्जनले जानकारी गराए ।

प्रतियोगिताको दर्ता शुल्क १० हजार तोकिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । यस्तै दोस्रो हुनेले ५० हजारसहित शिल्ड र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरले समान ५–५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सबै खेलहरु नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिव ४ लाख ७० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको आम्दानीको स्रोतको रुपमा युवा संघ नेपालको सदस्यहरुसँग आर्थिक सहयोग लिइएकाृे जानकारी गराए । प्रतियोगिताका शुरुवाती खेल ३० मिनेटको र सेमिफाइनल र फाइनल खेल ६० मिनेटको हुनेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.