8 years ago
August 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङको स्पोर्ट्स वेर कम्पनी एक्सटेपले किक अफ फुटसललाई प्रायोजन गरेको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागि किक अफलाई एक्सटेपले प्रतियोगितामा आवश्यक सामग्री प्रदान गर्नेछ ।

यसअघि एक्सटेपले नेपाल राष्ट्रिय फुटबल टोलीका स्टार विमल घर्ती मगरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो । एक्टेप ब्रान्ड स्पेनिस चर्चित क्लब भिल्लारियलले पनि आधिकारिक रुपमा प्रयोग गर्दछ । यस कम्पनीले स्पोर्ट्स सम्बन्धित विभिन्न पोशाकहरु उत्पादन गर्ने गर्छ ।
किक अफ फुटसलले यसअघि राष्ट्रिय फुटसल लिगमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]