default_image

8 years ago

August 31, 2017

एन्फा राष्ट्रिय फुटसल लिगमा चौरको शानदार जित

189 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल समितिको आयोजनामा राजधानीमा शुक्रबारबाट शुरु भएको एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपमा चौर रिक्रिएसनले फराकिलो जित निकालेको छ । बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा भएको च्याम्पियनसिपमा समूह ‘बी’ मा रहेको चौरले फुटसल भिलेजमाथि ७–१ को फराकिलो जित निकालेको हो ।

futsal

यस्तै समूह ‘बी’ कै अर्काे खेलमा सामाखुशी फुटसलले ढुकु फुटसलमाथि ५–० को फराकिलो जित निकाल्यो । शंखमुल फुटसलले रेभ फुटसलमाथि ५–२ को जित निकालेको हो  । स्तुपा फुटसलले रजनी फुटसलमाथि ३–२ को कठिन जित निकाल्यो । समूह ‘ए’ को खेलमा धन्यन्तरी फुटसलले खुमलटार युवा क्लबमाथि ६–२ को फराकिलो जित निकाल्यो । अर्काे खेलमा बिजी ब्रदर्शले बिजी फुटसललाई तथा स्वयम्भु रिक्रिएसनले किकअफमाथि समान ३–२ को जित दर्ता गर्यो । हरिसिद्धी फुटसल र खालीबारी फुटबल क्लबले ७–७ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) , अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधार, एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझी, सहमहासचिव सन्जिव मिश्रले गरे । प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद मन्त्री राजन केसीले पछिल्लो समय नेपालमा फुटसल लोकप्रिय खेलको रुपमा स्थापित भएको बताए । ‘एन्फाले फुटसल लिगको आयोजना गरेको छ । यसले युवा खेलाडीले आफ्नो खेल कौशल देखाउने काम गरेको छ ।’ मन्त्री केसीले भने, ‘यसले खेलाडीलाई आफ्नो खेल कौहल मात्र हैन खेलाडीलाई फिट राख्नमा पनि मद्दत पुग्ने विश्वास छ ।

minister futsal

फुटसल लिगका खेलहरु बाँसबारी स्थित चौर रिक्रिएसन सेन्टर र स्तुपा फुटसल बौद्धमा भैरहेको छ । च्याम्पियनसिपमा विभिन्न १६ फुटसल टिमले सहभागिता जनाएका छन् । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा यस च्याम्पियनसिपको आयोजना गरेको हो ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् । रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले यसअघि नै इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार टर्नपाइकले यो सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ ।

यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ । प्रतियोगिता अन्र्तगत शुक्रबार आठ खेल हुनेछन् । स्तुपा फुटसलमा शंखमुल र रजजी, फुटसल भिलेज र ढुकु, चौर र रेभ तथा सामाखुशी र स्तुपा फुटसलबीच खेल हुनेछ । यस्तै चौर रिक्रिएसनमा हुने खेलमा किक अफ फुटसल र हरिसिद्धि फुटसल, खुमलटार र बिजी फुटसल, धन्यन्तरी र स्वयम्भु रिक्रिएसन तथा बिजी ब्रदर्श र खालीबारी बीच खेल हुने आयोजकले जनाएको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.