default_image

8 years ago

September 1, 2017

रेडबुल फुटसलमा शंखमुल र किक अफको फराकिलो जित

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल फुटसलले राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप फराकिलो जित हासिल गरेको छ । स्तुपा फुटसल बौद्धमा शुक्रबार भएको खेलमा लगातार दोस्रो खेल जित्ने क्रममा शंखमुलले रजनी फुटसलमाथि ९–२ ले हराएको थियो ।

kick off

यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले पराजित गरेको थियो । रजनीको भने यो लगातार दोस्रो हार हो । रजनी यसअघि स्तुपा फुटसल बौद्धसँग पराजित भएको थियो ।

यस्तै स्तुपा फुटसल बौद्धमै भएको अन्य खेलहरुमा ढुकु फुटसलले फुटसल भिलेजमाथि ८–७ को प्रतिस्पर्धात्मक जित निकाल्यो । चौर रिक्रिएसन फुटसलले रेभ फुटसलमाथि ३–२ को झिनो जित निकाल्दा सामाखशुी फुटसलले स्तुपा फुटसलमाथि ३–२ कै जित निकाल्यो ।

यस्तै चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएको खेलमा एक्सटेप किक अफ फुटसलले हरिसिद्धिमाथि ८–२ को फराकिलो जित निकाल्यो । विजी फुटसलले खुमलटारलाई ६–१ को फराकिलो अन्तरले हरायो । धन्यन्तरीले स्वयम्भुमाथि ७–२ को तथा खालीबारीले विजी ब्रदर्शलाई ५–० ले हरायो ।

प्रतियोगिता अन्र्तगत शनिबार पनि ८ खेल हुदैछ । स्तुपा फुटसल बौद्धमा स्वयम्भुले बिजी ब्रदर्श, बिजी फुटसलले धन्यन्तरी, हरिसिद्धिले खुमलटार तथा खालीबारीले किक अफसँग खेल्नेछ । यस्तै चौर रिक्रिएसन सेन्टर बाँसबारीमा रेभले सामाखुशी, ढुकुले चौर, रजनीले फुटसल भिलेज तथा स्तुपाले शंखमुलको सामना गर्नेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.