default_image

8 years ago

September 2, 2017

रेडबुल फुटसल च्याम्पियनसिपमा किक अफको दोस्रो जित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेेलकुुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा किक अफ फुटसलले लगातार दोस्रो जित दर्ता गरेको छ ।

Xtep

बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा शनिबार भएको खेलमा स्तुपा फुटसल बौद्धसँग ४–२ ले जित्दै शंखमुलले प्रतियोगितामा तेसो जित हासिल गरेको छ । यसअघि शंखमुलले रेभ फुटसललाई ५–२ ले तथा रजनी फुटसलमाथि ९–२ को फराकिलो जित निकालेको थियो । चौर रिक्रिएसन सेन्टरमा शनिबारै भएको अर्काे खेलमा रजनी फुटसलले च्याम्पियनसिपमा पहिलो जित निकाल्यो । लगातार दुई हार बेहोरेको रजनीले फुटसल भिलेजमाथि ६–१ को फराकिलो जित निकाल्यो । रेभ फुटसल र सामाखुशी फुटसलले २–२ गोलको तथा ढुकु र चौरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

यस्तै स्तुपा फुटसल बौद्धमा भएको खेलमा स्वयम्भुले बिजी ब्रदर्शमाथि ७–५ को जित निकाल्यो । बिजी फुटसलले धन्यन्तरीमाथि ५–३ को जित निकाल्दा हरिसिद्धीले खुमलटारलाई ५–३ ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित निकाल्यो । अर्काे रोमाञ्चक खेलमा किक अफले खालीबारीमाथि ६–४ को जित निकाल्यो । किक अफको यो च्याम्पियनसिपमा दोस्रो जित हो । पहिलो खेलमा स्वयम्भुसँग ३–२ ले पराजित भएको किक अफले दोस्रो खेलमा हरिसिद्धीमाथि ८–२ को फराकिलो जित निकालेको थियो ।

नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा खेलिरहेको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिप अन्र्तगत आइतबार पनि समूह चरणका आठ खेलहरु हुनेछन् । स्तुपा फुटसल बौद्धमा ढुकुले स्तुपा, चौरले रजनी, सामाखुशीले शंखमुल र रेभले फुटसल भिलेजको सामना गर्नेछ । यस्तै चौरमा बिजी फुटसल र खालीबारी, धन्यन्तरी र हरिसिद्धि, बिजी ब्रदर्श र किक अफ तथा स्वयम्भु र खुमलटारबीच खेल हुनेछ ।

नोट : यसअघि शंखमुलको जित हुनुपर्ने हुँदा अन्यथा भएकाले यो समाचार भाद्र १७ गते , राती १०:५९ बजे साच्याइएको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.