8 years ago
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपमा ढुकु फुटसल र स्तुपा फुटसलले बराबरी खेलेका छन् ।

स्तुपा फुटसल बौद्धमा आइतबार भएको खेलमा ढुकुले घरेलु टोली स्तुपालाई ४–४ गोलको बराबरीमा रोक्दै अंक खोसेको हो । स्तुपा फुटसलमै भएको अर्काे खेलमा चौर रिक्रिएसनले रजनी फुटसलमाथि ६–५ को प्रतिस्पर्धात्मक जित निकाल्यो । यस्तै सामाखुशीले शंखमुलमाथि ८–७ को रोमाञ्चक जित निकाल्दा रेभ फुटसलले फुटसल भिलेजमाथि ८–२ को फराकिलो जित निकाल्यो ।
चौर रिक्रिएसन सेन्टर बाँसबारीमा खालीबारीले विजी फुटसलमाथि १–० को जित निकाल्दा धन्यन्तरीले हरिसिद्धिमाथि ५–२ को जित निकाल्यो । खुमलटारले स्वयम्भुमाथि ५–३ को जित निकाल्दा विजी ब्रदर्शले किक अफलाई ५–५ गोलको बराबरीमा रोक्दै च्याम्पियनसिपमा पहिलो अंक् जोड्न सफल भयो ।
समूह चरणको चार खेल सकिदा समूह ‘ए’ मा धन्यन्तरी ९ अंकसहित शीर्ष स्थानमा छ भने, ७ अंकसहित किकअफ दोस्रो स्थानमा छ । यस्तै समूह ‘बी’ मा चार खेलबाट १० अंकसहित चौर तालिकाको शीर्ष स्थानमा छ ।
सामाखुशीको १० अंक् नै भएपनि गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । हरेक समूहका दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा खेलिरहेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्र्तगत सोमबार स्तुपा फुटसल बौद्धमा खुमलटार र किक अफ, हरिसिद्धि र विजी ब्रदर्श, खालीबारी र धन्यन्तरी तथा स्वयम्भु र विजी ब्रदर्शबीच खेल हुनेछ ।
यस्तै चौर रिक्रिएसन सेन्टर बाँसबारीमा हुने खेलमा फुटसल भिलेजले शंखमुल, रजनीले सामाखुशी, स्तुपाले चौर तथा रेभ फुटसलले ढुकु फुटसलसँग खेल्नेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]