default_image

8 years ago

September 3, 2017

समूह विजेता बन्दै मञ्चको टोली सेमिफाइनलमा

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) दोस्रो सुर्यकुमार स्मृति मिडिया कप फुटसल च्याम्पियनसिपको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

DJPJ

भैसेपाटीस्थित गोलपोष्ट फुटसल एरिनामा आजबाट शुरु भएको दोस्रो संस्करणको च्याम्पियनसिपमा एनएसजेएफले गोल अन्तरमा फोटो पत्रकार समूह (पिजे) लाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मञ्चले पिजे क्लबसँग ५–५ गोलको बराबरी खेल्दा डिफेन्डिङ च्याम्पियन इमेज च्यानलमाथि ७–२ को जित निकाल्यो ।  यस्तै दोस्रो खेलमा नेपाल मण्डलमाथि ८–० को फराकिलो जित निकाल्दा समूह चरणको अन्तिम खेलमा सामुदायिक सुचना नेटवर्क (सिआइएन)माथि ७–१ को जित निकाल्यो ।

पिजेले इमेज च्यानलमाथि ३–२, सिआइएनमाथि ८–१ को जित निकाल्दा नेपाल मण्डलसँग वाक ओभर पायो । यस्तै समूह ‘बी’ बाट माउन्टेन टेलिभिजन र नेपाल टेलिभिजन समूह विजेता र उपविजेतको रुपमा अन्तिम चारमा प्रवेश गरे । नेपाल वान र बीबीसीले प्रतियोगिताबाट वाकओभर दिएका थिए । पहिलो सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनसँग प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनलमा माउन्टेन टेलिभिजन र पिजे क्लबले सोमबार प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ७ बजेपछि हुने आयोजकले जनाएको छ ।

प्रतियोगताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २५ हजार पाउनेछ । त्यस्तै, फेयर प्ले टिम पनि पुरस्कृत हुनेछ । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा गतवर्ष देखि मिडिया कप प्रतियोगिता भैरहेको छ । खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गरिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले जनाएको छ । प्रतियोगिताको सहआयोजकको रुपमा उज्यालो रेडियो नेटवर्क रहेको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.