default_image

8 years ago

September 3, 2017

बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने

147 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – बागलुङमा पहिलो पटक फुटसल प्रतियोगिता हुने भएको छ । बागलुङमा संचालनरत रश आवर फुटसल प्रा.लिको आयोजनामा भदौ २७ गते रश आवर फुटसल कप आयोजना हुन लागेको हो ।

 

बागलुङमा संचालनमा आएको फुटसलको प्रचारप्रसार र खेलाडी उत्पादन गर्ने उद्देश्यले धौलागिरी अञ्चल स्तरिय प्रतियोगिता गर्न लागिएको रश आवरका प्रोपाईटर राजु केसीले जानकारी दिए । भदौ २५ गतेसम्म नाम दर्ताको समय राखिएको प्रतियोगिता ५ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र अनुशासित टोलीले समान ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । केसीका अनुसार प्रतियोगिता सञ्चालका लागि झन्डै ३ लाख रपैयाँ खर्च हुनेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.