default_image

8 years ago

September 4, 2017

ताम्राकार फुटसलमा द हेरिटेज र सिटी ह्यान्डीक्राफ्ट समूह विजेता

157 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– द हेरिटेज नेपाल, श्री बंगलामुखी फर्निचर, सिटी ह्यान्डीक्राफ्ट र ताम्रा मेटल वर्कस् दोस्रो ताम्राकार फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । ताम्राकार समाजको युवा तथा खेलकुद समितिले आयोजना गरेको फुटसल प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

शनिबार भएको समूह चरणमा समूह ‘ए’बाट हेरिटेज विजेता र ताम्रा मेटल उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेका हुन् । त्यस्तै सिटी विजेता र श्री बंगलामुखी उपविजेता बन्दै समूह ‘बी’बाट अघि बढेका हुन् । लिगमा हेरिटेजले ताम्रा मेटललाई २–१ ले, सिनौरालाई २–० ले हरायो भने भैरव नाथसँग गोलरहित बराबरी खेलेको थियो ।

ताम्रा मेटलले सिनौरालाई ३–० र भैरव नाथलाई ३–२ ले हराएको थियो । समूह ‘बी’मा सिटीले यस स्टडिजलाई ३–२ ले, साहिल मेटललाई १ –० ले हरायो भने श्री बंगलामुखीसँग १ –१ को बराबरी खेलेको थियो ।

साहिल मेटलसँग ३–२ ले पराजित श्री बंगलामुखीले अर्को खेलमा यस स्टडिजलाई ४–१ ले हराएको थियो । अब सेमिफाइनलमा हेरिटेजले श्री बंगलामुसी र सिटीले ताम्रा मेटलको सामना गर्नेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल शनिबार हुनेछ । सोही दिन यू १४ को नकआउट प्रतियोगिता पनि हुने बताइएको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.