8 years ago
September 4, 2017
काठमाडौं(हाम्रो खेलकुद) – सामाखुशी फुटसल र धन्यन्तरी फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएका छन्सा । माखुशी समूह ‘बी’ बाट तथा धन्यन्तरी समूह ‘ए’ बाट शीर्ष स्थानमा उक्लिएका हुन् ।

च्याम्पियनसिप अन्र्तगत चौर रिक्रिएसन सेन्टरमा सोमबार भएको खेलमा सामाखुशी फुटसलले रजनी फुटसलमाथि ८–७ को जित निकाल्यो । सामाखुशीको ५ खेलबाट १३ अंक भएको छ । सोमबारै भएको अर्काे खेलमा चौर रिक्रिएसन सेन्टर स्तुपा फुटसलसँग ९–३ ले पराजित भयो । चौरलाई पराजित गरेको स्तुपा १० अंकसहित दोस्रो स्थानमा छ ।
अर्काे खेलमा शंखमुलले फुटसल भिलेजमाथि ७–० को फराकिलो जित निकाल्यो । रेभ फुटसलले ढुकुमाथि ६–५ को रोमाञ्चक जित निकाल्यो । यस्तै स्तुपा फुटसल बौद्धमा भएको खेलमा धन्यन्तरी फुटसलले खालीबारीमाथि ७–३ को फराकिलो जित निकाल्यो । जितसँगै धन्यन्तरी समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । धन्यन्तरीको ५ खेलबाट १२ अंक छ । यस्तै एक्सटेप किक अफले खुमलटारलाई १०–४ को फराकिलो अन्तरले पराजित गरेको हो । किक अफको ५ खेलबाट १० अंक पुगेको छ । यस्तै अन्य खेलमा हरिसिद्धीले बिजी ब्रदर्शलाई ७–६ ले तथा विजी फुटसलले स्वयम्भुलाई ७–४ ले पराजित गर्यो । समूह चरणमा अव दुई चरणको खेल मात्र बाँकी छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा खेलिरहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप अन्र्तगत मंगलबार स्तुपा फुटसल बौद्धमा सामाखुशी र फुटसल भिलेज, शंखमुल र चौर, रजनी र ढुकु तथा स्तुपा र रेभ फुटसलबीच प्रतिस्पर्धा हुनेछ । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा बिजी ब्रदर्श र खुमलटार, किक अफ र धन्यन्तरी, हरिसिद्धि र विजी फुटसल तथा खालीबारी र स्वयम्भुबीच खेल हुनेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]