default_image

8 years ago

September 5, 2017

एक्स्टेप किक अफ दोस्रो स्थानमा उक्लियो , सामाखुशी क्वाटरफाइनलमा

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल राजधानीमा जारी एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । च्याम्पियनसिप अन्तर्गत चौर रिक्रिएसन सेन्टरमा मंगलबार भएको खेलमा धन्यन्तरी फुटसललाई ७–२ ले पराजित गर्दै समूह ‘बी’ मा दोस्रो स्थानमा उक्लिएको हो । किक अफको ६ खेलबाट १३ अंक छ भने समान खेलबाट १२ अंक जोडेको धन्यन्तरी तेस्रो स्थानमा झरेको हो ।

Kick off

चौरमै भएको अर्काे खेलमा विजी फुटसलले हरिसिद्धिमाथि ६–२ को जित निकाल्यो । अर्काे खेलमा स्वयम्भुले खालीबारीमाथि ८–३ को सहज जित निकाल्दा विजी ब्रदर्श र खुमलटारले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । सामाखुशी फुटसल समूह ‘बी’ बाट एन्फा रेडबुल राष्ट्रिय फुटसल च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।स्तुपा फुटसल बौद्धमा मंगलबार सामाखुशीले फुटसल भिलेजमाथि ६–२ को सहज जित निकालेपछि सामाखुशी एक खेल अगावै क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

सामाखुशीको ६ खेलबाट १६ अंक पुगेको छ । यस्तै अर्काे खेलमा स्तुपाले रेभ फुटसलमाथि ८–१ को फराकिलो जित निकाल्दै दोस्रो स्थान यथावत राखेको छ । स्तुपाको ६ खेलबाट १३ अंक पुगेको छ । शंखमुललाई ५–४ ले हराएको चौरले दोस्रो स्थानको स्तुपालाई पछ्याइरहेको छ । अर्काे खेलमा ढुकुले रजनीमाथि १०–५ को जित निकाल्यो । च्याम्पियनसिप अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । स्तुपा फुटसल बौद्धमा विजी फुटसलले किक अफ, धन्यन्तरीले विजी ब्रदर्श, खुमलटारले खालीबारी तथा स्वयम्भु र हरिसिद्धिबीच खेल हुनेछ । चौर रिक्रिएसन सेन्टर बाँसबारीमा ढुकुले शंखमुल, चौरले सामाखुशी, फुटसलल भिलेजले स्तुपा तथा रेभ फुटसलले रजनी फुटसलसँग खेल्नेछ । हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले च्याम्पियनसिपमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेको छ । च्याम्पियनसिपको विजेताले पाँच लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, फरवार्ड र मिडफिल्डर र प्रशिक्षकले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.