default_image

8 years ago

September 10, 2017

शंखमुललाई राष्ट्रिय फुटसल लिग

197 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो ।

Shankhamul Futsal

शखंमुलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक गोल गरे । किक अफका सुमन डंगोलले दुई, मनि लामा र राजिन पाण्डेले समान एक–एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरुआती अग्रता भने किक अफले लिएको थियो । १५ औं मिनेटमा किक अफका सुमन डंगोलले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सुरज राउतले गोल गर्दै खेललाई बराबरीमा ल्याए । २० औं मिनेटमा अभय रानाले गोल गर्दा पहिलो हाफमा शंखमुलले २–१ को अग्रता बनायो ।

दोस्रो हाफको शुरुमै शंखमुलले लगातार दुई गोल गर्दा खेल ४–१ को अवस्थामा पुगेको थियो । २१ औं मिनेटमा सुरज राउतले व्यक्तिगत दोस्रो गोल गर्दा २१ औं मिनेटमा शंखमुलका गोलरक्षक अनिष श्रेष्ठले दर्शनीय गोल गरेको थियो । मनि लामाले २३ औं मिनेटमा एक गोल गर्दै अग्रता ४–२ मा झा¥यो । २९ औं मिनेटमा सुमनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दा किक अफले खेललाई ३–४ को स्थितिमा ल्याएका थिए । ३६ औं मिनेटमा शंखमुलका निर्मल गुरुङले गोल गरेपछि खेल शंखमुलले आफ्नो पक्षमा पार्यो । ४० औं मिनेटमा राजिन पाण्डले गोल गरेपनि त्यो खेलमा फर्कन ढिला भएको थियो ।

च्याम्पियन बनेसँगै शंखमुलले उपाधिसहित ५ लाख रुपैया प्राप्त ग¥यो । उपविजेता बनेको किक अफले २ लाख ५० हजारमा चित्त बुझायो । यस्तै व्यक्तिगत विधातर्फ शंखमुलका सुरज राउत उत्कृष्ट खेलाडी, शंखमुलकै अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट प्रशिक्षकको उपाधि पनि शंखमुलकै प्रकाश परियारले हात पारे । किक अफका राज शाही उत्कृष्ट डिफेन्डर चुनिदा सामाखुशी फुटसलका विनोद गुरुङ उदियमान खेलाडी घोषित भए । सबै उत्कृष्टहरुले जनही २०–२० हजार प्राप्त गरे ।

विजयी टिम र खेलाडीहरुलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझी, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधर, टर्न पाइकका प्रतिनिधी र एपिवान टेलिभिजनका प्रतिनिधिले पुरस्कृृत गरे ।

भाद्र १५ गतेदेखि २५ गते सम्म भएको फुटसल च्याम्पियनसिपमा काठमाडौंका १६ फुटसल टिमले सहभागिता जनाएको थियो । च्याम्पियनसिपको सबै खेलहरु एरिना फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएको थियो । नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रुपमा रहेको थिए ।

एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले केही दिनमै खेलाडी छनोट गरिने जानकारी गराए । हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाउनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाएका १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले यसअघि नै इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौता अनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । यस्तै सम्झौता अनुसार एन्फाले नेपालमा आयोजना गर्ने हरेक फुटसल प्रतियोगितामा लाग्ने समपूर्ण खर्चको दुई तिहाई रकम बेहोर्नेछ ।

xtep kick off

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.