default_image

8 years ago

September 12, 2017

राष्ट्रिय फुटसल टिमका लागि २७ खेलाडीको प्रारम्भिक छनोट

233 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले फुटसलको राष्ट्रिय टिम बनाउनको लागि २७ खेलाडीलाई प्रारम्भिक छनोट गरेको छ । एन्फा फुटसल कमिटि अन्तर्गत रहेका तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले यसै साता सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीको प्रारम्भिक छनोट गरेको हो ।

पूर्व राष्ट्रिय खेलाडी राकेश श्रेष्ठको नेतृत्वमा रहेका तीन प्रशिक्षकको टिमले राजधानीमा १० दिनसम्म चलेको लिग च्याम्पियनसिपबाट २७ खेलाडीको छनाट गरेको हो । २७ खेलाडीले बुधबारबाट छनोट खेल हुनेछ । छनोटका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान र स्ययम्भुमा साँझ हुनेछ ।

छनोटमा परेका २७ खेलाडीबाट अर्काे महिना इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेलका लागि अन्तिम खेलाडी छानिनेछ । फुटसल च्याम्पियनसिपको छनोट खेल इरानमा अक्टोबर १३ बाट १५ सम्म हुनेछ ।

छनोटमा परेका खेलाडीहरु:

१. सुरज राउत (शंखमुल फुटसल)

२. सन्जोक चाम्लिङ राई (शंखमुल फुटसल)

३. निर्मल गुरुङ (शंखमुल फुटसल)

४. अभय राना (शंखमुल फुटसल)

५. मनि लामा (किक अफ फुटसल)

६. राज शाही (किक अफ फुटसल)

७. राजेश कुँवर (किक अफ फुटसल)

८. विनोद गुरुङ (सामाखुशी फुटसल)

९. हरि गुरुङ (सामाखुशी फुटसल)

१०. सन्तोष तामाङ (सामाखुशी फुटसल)

११. नवीन लामा (सामाखुशी फुटसल)

१२. सौरभ थापामगर (सामाखुशी फुटसल)

१३. एलिन गुरुङ (सामाखुशी फुटसल)

१४. सुसन श्रेष्ठ (फुटसल एरिना)

१५. अरुज सिंह (हरिसिद्धि फुटसल)

१६. अदिल हामिद (ढुकु फुटसल)

१७. बिजय श्रेष्ठ (स्वयम्भु फुटसल)

१८. सविन खड्का (बिजी ब्रदर्श)

१९. सुरज भुजेल (खालीबारी फुटसल)

२०.सन्जोग महर्जन (चौर रिक्रिएसन सेन्टर)

२१. लक्ष्मी थापामगर (रजनी फुटसल)

२२. अमित तामाङ (बिजी फुटसल)

२३. आशिष लामा (बिजी फुटसल)

२४. अनिष श्रेष्ठ (शंखमुल फुटसल)

२५. नेत्र बहादुर श्रेष्ठ (चौर रिक्रिएसन सेन्टर)

२६. नितेश महर्जन (धन्यन्तरी फुटसल)

२७. सुमित आले (ढुकु फुटसल)

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.