default_image

8 years ago

September 12, 2017

सिटी ह्यान्डीक्राफ्टलाई ताम्राकार फुटसल उपाधि

193 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– सिटी ह्यान्डीक्राफ्टले दोस्रो ताम्राकार फुटसलमा प्रतियोगिताको उपाधि जितेको छ । द हेरिटेज नेपाललाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो । 

त्यसअघि सेमिफाइनलमा हेरिटेजले श्री बंगलामुखी फर्निचरलाई सडन डेथमा ३–२ ले तथा सिटीले ताम्रा मेटल वर्कसलाई ६–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । अलग्गै भएको यू १४ को खेलमा ब्ल्याकट टिमले ह्वाइट टिमलाई पराजित गरेको छ ।

फुटसलमा आशिष ताम्राकार सर्वोत्कृष्ट खेलाडी घोषित भए । सानिध्य चित्रकार उत्कृष्ट गोलकिपर, लेससान राजकर्णिकारण उच्च गोलकर्ता र श्रेयस ताम्राकार प्रेसिडेन्ट्स च्वाइस प्लेयर बने । ललितपुरका एसएसपी गणेशबहादुर ऐर र राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षक उज्जल मानन्धरले विजेता टोलीलगायतलाई पुरस्कृत गरे ।

ताम्राकार समाजको युवा तथा खेलकुद समितिले आयोजना गरेको फुटसलमा ८ टोलीको सहभागिता थियो । प्रतियोगिताका पछिल्ला दुई साताको शनिबार आयोजना गरिएको थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.