default_image

7 years ago

September 16, 2017

नयाँ जीवनलाई रश आवर फुटसल उपाधि

अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे […]

80 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे ।

सुवास गुरुङको गोलबाट बागलुङ स्पोर्टस्ले अग्रता लिएपनि दास्रो हाफमा टोलीले अग्रता जोगाउन सकेन । बागलुङ स्पोर्टस्का लागि एक्लै ६ गोल गरे सुवास गुरुङ फाइनलको म्यान अफ दी म्याच घोषित भए । अर्को गोल किरण दुराले गरेका थिए । जिल्लामै पहिलो पटक आयोजना गरिएको फुटसलको उपाधि जितेको नयाँ जीवनले ५० हजार रुपैयाँ प्राप्त गर्यो । बागलुङ स्पोर्टस्ले २० हजार रुपैयाँ पायो ।

रश आवर फुटसल प्रा.लि. बागलुङले आयोजना गरेको प्रतियोगितामा बागलुङ स्पोर्टस्का सुवास सर्वोत्कृष्ट खेलाडी चुनिए । नयाँ जीवनका मञ्जेश राना मगर उत्कृष्ट गोलरक्षक र मनाव सेवा आश्रम अनुशासित टोली घोषित भए । उनीहरुले समान ३ हजार प्राप्त गरे ।

विजेता र उपविजेता टोलीका खेलाडीलाई बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, जिल्ला फुटसल संघका संस्थापक अध्यक्ष राम शर्मा र जिल्ला भूसंरक्षण कार्यालयका शेर बहादुर श्रेष्ठले पुरस्कार वितरण गरे । प्रतियोगिताका १४ टोलीको सहभागिता थियो ।

 

April 5, 2024

एन्फालाई प्याराडाइमद्वारा २३ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]

February 27, 2024

आइटी फुटसल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ । ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । […]

January 22, 2024

भद्रकाली खुल्ला फुटसल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको भद्रकाली खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । भद्रकाली युवा क्लबको आयोजनामा प्रतियोगिता आउदो फागुन १८ र १९ गते रानीपौवा स्पाेर्ट्स सेन्टर पाेखरामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि फागुन १७ सम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ हजार रुपैयाँ […]

Success

Thank you for your time.