8 years ago
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– द एक्सेल्सियर स्कुलले प्रथम हिमालय अन्तरविद्यालय यु–१४ फुटबल उपाधि जितेको छ । रोजबडलाई ४–२ गोलले हराउँदै एक्सेल्सियरले उपाधि जितेको हो । स्वयम्भू रिक्रिएसनमा भएको प्रतियोगिताको फाइनलमा एक्सेल्यिरका निमेश गोतामेले ह्याट्रिक गरे भने अर्को गोल धिरज जोशीले गरे ।

प्रथम हिमालय अन्तरविद्यालय यु–१४ छात्र फुटसलका उत्कृष्ट बायाँबाट क्रमशः सर्वाधिक गोलकर्ता निमेश गोतामे, उत्कृष्ट खेलाडी धिरज जोशी र उत्कृष्ट गोलकिपर स्वरुप तिमल्सिना ।
रोजबडका कृष शेरचन र विदितमान तुलाधर गोल गरेका थिए । ११ गोलसहित एक्सेल्यिरका निमेश प्रतियोगिताको उच्च गोलकर्ता बने । हिमालय फुटबल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा एक्सेल्सियरका धिरज जोशी उत्कृष्ट खेलाडी बने । रोजबडका स्वरुप तिमल्सिना उत्कृष्ट गोल किपर चुनिए । एक्सेल्सियरका विश्वास लामा उत्कृष्ट प्रशिक्षक घोषित भए । किड्स लर्निङ स्कुल अनुशासित टिम छानियो ।
विजेतालाई एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली, आयोजक हिमालयका सञ्चालक एवं प्रतियोगिता संयोजक राजन न्यौपानेलगायत पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]