8 years ago
September 20, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा सर्वाधिक पुरस्कार राशीको ‘पाचौँ सिम्पानी सेभेन ए साईड फुटबल प्रतियोगिता’ यहि महिना आयोजना हुने भएको छ । खेलकुद मार्फत समृद्ध समाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिशक्ति समाज सेवा क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते सुरु हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा अनुशासित टोली, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अघिल्लो संस्करणको सफलताको प्रेरणाले प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्दै प्रतियोगिताका संयोजक मिलन गुरुङले यसपटक ३० टोलीको सहभागिता रहने जानकारी दिए ।
प्रतियोगिताको अघिल्लो संस्करणमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब र अन्य क्लबबाट राष्ट्रिय खेलाडीले खेलेका थिए । क्लबका अध्यक्ष बासु जिसीले प्रतियोगिता असोज २८ सम्म चल्ने जनाए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]