8 years ago
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – तृशराले उपत्यका स्तरीय रोड हाउस युनियन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । पक्नाजोलको कुमारी फुटसलमा भएको फाइनलमा आयोजक रोड हाउसलाई ७–४ ले हराउँदै तृशराले उपाधि जितेको हो ।
तृशराले उपाधिसहित ४० हजार र रोड हाउसले २५ हजार रुपैयाँ प्राप्त गर्यो । रोड हाउसका सञ्जय मगर उत्कृष्ट खेलाडी तथा तृशराका मिलन खत्री उत्कृष्ट गोलकिपर र राजत तिवारी उत्कृष्ट रक्षक चुनिएको आयोजक समितिका संयोजक शेरफ योञ्जनले जानकारी दिए । उत्कृष्टले जनही ३ हजार रुपैयाँ प्रात गरे ।
विजेता, उपविजेता टोलीका खेलाडी पूर्व उप प्रधानमन्त्री टोपबहादु रायमाझीले पुरस्कृत गरे । प्रतियोगिता अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ रोड हाउस संयुक्त मूल इकाइ समितिले आयोजना गरेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]