8 years ago
October 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)- पहिलोपटक अन्तर्राष्ट्रिय फुटसलमा सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटसल टिमले लगातार दोस्रो हार बेहोरको छ । इरानमा शुक्रबारबाट शुरु भएको एएफसी फुटसल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल किर्गिस्तानसँग ५–० ले पराजित भएका हो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।
पोउर शरिफ फुटसल हलमा सोमबार भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । किर्गिस्तानको जितमा टास्तानोभ अकाईले २ तथा अलिमोभ मकसट, वाइगाजी वुलु वुलानवेक र कानिटोभ इमिलले गोल गरे । अलिमोभ मकसटले गोल गरेपछि नेपाल खेलको पहिलो मिनेटमा नै पछि परेको थियो ।
टास्तानोभ अकाईले पाँचौ मिनेटमा गोल गर्दै किर्गिस्तानको अग्रता दोब्बर पा¥यो । १३ औं मिनेटमा वाइगाजी वुलु वुलानवेकले गोल गरेपछि किर्गिस्तानले पहिलो हाफमा ३–० को अग्रता लियो । किर्गिस्तानले दोस्रो हाफमा पनि गोललाई निरन्तरता दियो । दोस्रो हाफको शुरुमै कप्तान कानिटोभ इमिलले गोल गर्दै खेललाई ४–० को स्थितिमा पु¥यायो भने ३७ औं मिनेटमा टास्टानोभ अकाईले गोल गरेपछि किर्गिस्तानले ५–० ले खेल आफ्नो पक्षमा पा¥यो ।
दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुदै पुछारमा छ । दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया जोनको छनोट अन्तर्गत समूह ‘ए’ को नेपालले अन्तिम खेलमा मंगलबार तुर्केमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]