default_image

8 years ago

November 23, 2017

अल्फा बिटा फुटसलको क्वार्टरफाइनल समिकरण पूरा

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । शंखमुलस्थित शंखमुल फुटसलमा बिहिबार भएको समूह चरणको अन्तिम खेलपछि फुटसलको क्वार्टरफाइनल समिकरण पूरा भएको हो ।

प्रतियोगितामा समूह ‘ए’ बाट साइपाल एकेडेमी समूह विजेता बन्दा कान्जिरोवा उपविजेता बन्यो । यस्तै समूह ‘बी’ बाट आइडियल कलेज विजेता तथा ओलम्पिया उपविजेता बन्यो । समूह ‘सी’ बाट ह्वाइटहाउस समूह विजेता तथा इनसाइड भिजन उपविजेता बन्यो । समूह ‘डी’ बाट टाइम्सले समूह विजेताको रुपमा क्वार्टरफाइनलमा स्थान बनाउँदा गोल्डेनगेटले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनायो ।

बिहिबार भएको खेलमा आइडियल र ओलम्पियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । दुवै टोलीको समान ७ अंक भएपनि ओलम्पिया गोलअन्तरमा पछि पर्‍यो । साइपालले कान्जिरोवामाथि ५–० को जित निकाल्यो ।

यस्तै ह्वाइटफिल्डले ब्रिटिस कलेजलाई ५–१, टाइम्सले युलनेसलाई ७–२, ह्वाइटहाउसले ब्रिटिस कलेजलाई ३–१, इनसाइड भिजनले ह्वाइटफिल्डलाई ४–०, कान्जिरोवाले लिभरपुलाई ३–१ र टाइम्सले गोल्डेनगेटलाई २–० ले पराजित गर्‍यो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए ।

प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको हो । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.