9 years ago
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यले समयमा स्कोरिङ भएकै कारण एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो ।

जापानी प्रशिक्षक ग्याटुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा शाक्य प्रशिक्षक छन् । बुधबार राती १० बजेको आसपास त्रिभुवन विमानस्थलबाट बाहिर निस्कने क्रममा शाक्यले भने,‘डिफेन्स लाइन र किपिङ हाम्रो पहिलादेखि नै राम्रो थियो । यो पटक स्कोरिङ पनि राम्रो भयो । त्यसैले जित सम्भव भयो ।’ शाक्यकै प्रमुख प्रशिक्षणमा गत फागुनमा नेपालले दक्षिण एसियाली खेलकुद (साग) को यू २३ फुटबलमा स्वर्ण जितेको थियो । अहिलेको टोलीमा पनि त्यति बेलाकै खेलाडीको बाहुल्यता छ ।
यसपटक च्याम्पियन हुने क्रममा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेपनि त्यसपछि ब्रुनाईलाई ३–० हराउँदै सेमिफाइनल पक्का गरेको थियो । लाओसलाई सेमिफाइनलमा २–२ को बराबरीपछि टाइब्रेकरमा हराएको नेपालले फाइनलमा मकाउलाई पराजित गरेको थियो । ब्रुनाईविरुद्ध नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगर ले तथा सेमिफाइनलमा विमल र अनन्त तामाङले गोल गरेका थिए । फाइनलमा एकमात्र गोल सुजल श्रेष्ठले गरेको थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]