default_image

2 years ago

November 25, 2021

जित कुन्डोमा नितेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते । धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् ।

नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते ।

धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापाले पुरस्कृत गरे ।

धापासीस्थित श्रीसमाज भवनमा भइरहेको प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राईले स्वर्ण भिडन्त पक्का गरे । तेश्रो स्थानका लागि धनगढीका नवीन ऐर र ललितपुरका दिरन राईबीच खेल हुने छ । ६०.५–६५ केजीमा धनगढीका रोशन देउवा सेमिफाइनलमा पुगे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न १५ जिल्ला, एपीएफ र भारतका १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

पुरुषमा ९ र महिलामा २ गरी ११ स्पर्धामा समावेश प्रतियोगितामा प्रत्येक स्पर्धामा नगद पुरस्कार राखिएको छ । स्वर्ण जित्नेले २५ हजार, रजतले १० हजार र कांस्यले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.