default_image

2 years ago

November 25, 2021

प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ शीर्षस्थानमा छ । जितका लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३८ ओभरमा १ सय ६३ रनमा अल आउट भयो […]

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ ले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ शीर्षस्थानमा छ ।


जितका लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३८ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । कर्णालीका तल्लोक्रमका रुपक ढकालले ५० बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ४१ रन बनाए । मनिश थापाले २८ बलमा ४ चौका र २ छक्का सहित ३९ रनको योगदान दिए । आपनर विपिन रावल १०, प्रकाश जैशी र निदेश पुनले १२–१२ रन बनाए । ३३ बल खेलेका राज शाहले १ चौका र ३ छक्का सहित २४ रन बनाए ।

प्रदेश १ का तीव्र गतिका बलर श्रवण किस्कुले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर लव कामतले ७ ओभरमा २ मेडन सहित ३६ रन खर्चेर ३ विकेट लिए । गौरव कटवालले २ र दीपेश कंडेलले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित ५० ओभरमा २ सय ३९ रनमा अल आउट भएको थियो । प्रदेश १ का विवेक मेहताले ८२ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५९ रन बनाए । दीपक जोशी ११ बलमा १ चौका र ३ छक्का सहित २३ रनमा अविजित रहे । कप्तान अंकित सुवेदी ३३ बलमा ७ चौका सहित ३७, सोनु अन्सारी २४ र सोनु मण्डल २५ रनमा आउट भए । सुमित न्यौपाने १८, राकेश शाह र श्रवन किस्कुले १२–१२ रन बनाए ।

कर्णालीका अनुज चनारा, रुपक ढकाल र सन्दीप शाहीले २–२ विकेट लिए । कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १सय ४० रनको फराकिलो अन्तरले हराएको थियो । प्रदेश १ ले बागमतीलाई २६ रनले हराएको थियो । प्रदेश एक २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.