default_image

4 years ago

December 3, 2021

कार्कीको २ सय २५ किलोमिटर दौड

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् ।

गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ ।

दोश्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ । कार्की तेश्रोपटक गोदामचौरदेखि जनकपुरसम्म दौड्न लागेका हुन् ।

कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेको बताउदै यसपटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए । यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् ।

त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेल प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।

कार्कीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य अर्जुनबहादुर केसी, राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपालीलगायतलेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.