default_image

9 years ago

November 20, 2016

खेलाडी सुविधा सुझाव कार्यदलले प्रतिवेदन बुझायो

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि पदक जित्ने खेलाडीलाई सुविधा दिने विषयमा प्रक्रियाअघि बढाउन गठिन खेलाडी सुविधा सुझाव कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ । नेपालले सहभागिता जनाउदै आएको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रोत्साहन रकम, विमा, स्वास्थ्य र यातायातमा के कस्ता सुविधा उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव संकलनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कार्यदल गठन गरेको थियो । कार्यदलका संयोजक राखेप सदस्य उपेन्द्र पौडेलले राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई प्रारम्भिक प्रतिवेदन बुझाएका हुन् । पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल भदौ २२ गते गठन गरिएको थियो ।

7-3
कार्यदलले सागका स्वर्णधारी र एसियाली पदकधारीलाई जनही मासिक ५ हजारका दरले एक वर्षको एक मुष्ट ६० हजार रुपैयाँ सम्बन्धितलाई प्रदान गर्न सिफारिस गरेको छ । विदेशमा रहेका खेलाडीलाई भने हाल परिषद्लाई प्राप्त भएको रकम अपुग हुने भएकोले नेपाल सरकार समक्ष माग गर्न सिफारिस गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा सो प्रयोजन वापत राखेपलाई ९१ लाख ८० हजार रुपैयाँ प्राप्त भइसकेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा जानकारी दिइएको थियो ।
एसियाली पदक विजेता तथा साग स्वर्णधारी खेलाडीको मृत्य भएमा स्व. खेलाडीको पत्नी वा नजिकको परिवारलाई ३ वर्षको एकमुष्ट खेलाडी प्रोत्साहन स्वरुपको रकम क्रिया खर्च वापत उपलब्ध गराउन तथा एसिायलीमा कांस्य र सागमा स्वर्ण जितेका स्व. दलबहादुर राना र सागका स्वर्णधारी स्व. पुष्करध्वज शाहीको मृत्यु भइसकेकोले नेपाल सरकारले राखेप मार्फत उपलब्ध गराउदै आएको खेलाडी प्रोत्साहनको रकमबाट पत्नी वा परिवारलाई ३ वर्षको एकमुष्ट रकम उपलब्ध गराउन समेत सिफारिस गरेको छ ।
त्यस्तै सागमा एक भन्दा बढी स्वर्ण जित्ने र एसियालीमा एक भन्दा बढी पदक जित्ने खेलाडीलाई प्रत्येक पदकको मासिक ५ हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउन उपयुक्त हुने कार्यदलले सुझाव पेश गरेको गरेको छ ।
प्रतिवेदन बुझेपछि सदस्य–सचिव विष्टले विदेशमा रहेका र मृत्यु भएका खेलाडीलाई के गर्ने भन्ने विषयमा कार्यविधि बनाएर अगाडि बढ्न उपयुक्त हुने बताउदै प्रोत्साहन रकम पछि कति समयको अन्तरालमा दिने भन्नेमा पनि प्रतिवेदनमा उल्लेख गर्न सुझाए । सदस्य–सचिव विष्टले खेलाडीको विमा, स्वास्थ्य र यातायातमा खेलाडीलाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा सरोकार निकायसंग छलफल गरी सम्भाव्यता अध्ययन गर्न समेत बताउदै त्यसका लागि केहि समय आवश्यक परे थप्न तयार रहेको बताए ।
प्रतिवेदनका अनुसार सागको १२ औं संस्करण समाप्तिसम्म व्यक्तिगत र टिम स्पर्धामा गरी स्वर्णधारी खेलाडीको संख्या १ सय ३३ रहेको छ । त्यसमध्ये २९ जना विदेशमा छन् भने २ खेलाडीको मृत्य भएको छ । त्यसैगरी, एसियाली खेलकुदमा २३ खेलाडी (एक रजत र २२ कांस्य) ले पदक जितेका छन् । ११ खेलाडी विदेशमा छन् भने २ खेलाडीको मृत्यु भइसकेको छ । सम्पर्क बाहिर रहेका खेलाडीको संख्या २ रहेको राखेपले जनाएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.