default_image

2 years ago

December 13, 2021

महेशलाई स्वर्ण

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् ।

चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए । बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जिते । उनको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

१३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोश्रो भए । प्रतियोगितामा १ सय २ खेलाडीले सहभागिता जनाएको बताइएको छ ।

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.