4 years ago
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनले भोलि (शनिबार) काठमाडौंमा आयोजना हुने रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा भएको जनाएको छ ।

आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने म्याराथनको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला-पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर गरी ६ विधा समावेश गरिएको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।
खुल्ला हाफ म्याराथन पुरुषमा ३१३ जना धावक तथा महिलामा ४२ जना धाविकाको सहभागिता रहनेछ । खुल्ला १० किमि पुरुषमा ६९०, खुल्ला ५ किमि महिलामा २७०, १२ कक्षासम्मका विद्यार्थीको ५ किमि पुरुषमा ३७०, र ३ किमि महिलामा २३३ जनाको तथा फरक क्षमता भएका व्यक्तिहरुको ह्वीलचेयरमा १८ जनाको सहभागिता रहने आयोजकले जनाएको छ । सबैमा गरेर १९३६ जना धावक–धविकाले म्याराथनमा सहभागिता जनाउनेछ ।
हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । १० किलोमिटरको विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौ हुनेले १० हजार रुपैयाँ हात पार्नेछ ।
५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्नेछ । ह्वील चेयरको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ ।
म्याराथन दशरथ रंगशालाबाट शुरु भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुदै सोही रुट फिर्ता हुदै दशरथ रंगशालामा आएर टुंगिनेछ ।
यस प्रतियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघ लगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]