9 years ago
November 21, 2016
विशाखापट्नम (एजेन्सी)– भारतले इङ्ल्यान्डसँगको पाँच टेस्टको श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्टमा २ सय ४६ रनको जित निकाल्दै भारतले टेस्ट श्रृखंलामा अग्रता लिएको थियो । ४ सय ५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं तथा अन्तिम दिन १ सय ५८ रनमा अलआउट भएको थियो ।

इङ्ल्यान्डले २ विकेटको क्षेतिमा ८७ रनबाट पाँचौं दिन सोमबारको खेल अघि बढाएको थियो । थप ७१ रन जाड्दा टोलीले बाँकी ८ विकेट गुमाएको थियो । टोलीका लागि कप्तान एलेस्टर कुकुले ५४ रन बनाए । त्यसबाहेकका खेलाडीको प्रदर्शन कमजोर रह्यो । पहिलो इनिङमा ५ विकेट लिएका रविचन्द्रन आश्विनले ३ विकेट लिएका थिए । अन्य दुई स्पिनर जयन्त यादवले ३ र रविन्द्र जडेजाले २ विकेट लिएका थिए ।
कप्तान विराट कोहली र चेतेश्वर पुजाराको शतकको मद्दतमा भारतले पहिलो इनिङमा ४ सय ५५ रन बनाएको थियो । कोहलीले १ सय ६७ र पुजाराले १ सय १९ रन बनाएका थिए । जवाफमा इङ्ल्यान्डले पहिलो इनिङमा २ सय ५५ रन मात्र बनाउन सकेपछि भारतले पहिलो इनिङमै २ सय रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा भारतले २ सय ४ रन जोडेपछि इङ्ल्यान्डले ४ सय ५ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङमा पनि कोहलीले अर्धशतक(८१ रन) पुरा गरेका थिए । कोहली खेलको म्यान अफ दी म्याच चुनिए । यी दुई टोलीबीचको पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो । तस्रो टेस्ट शनिबार मोहालीमा सुरु हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]