4 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा फुटसल कपमा २४ टोलीले सहभागिता जनाउने भएका छन् । आयोजक कामना सेवा बिकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा बैंक, वित्तिय संस्था तथा इन्स्योरेन्स कम्पनीसहित २४ टोलीको सहभागिता रहेको जानकारी गराएको छ ।

फुटसल कप पुस ९ र १० गते कालोपुलस्थित धन्यन्तरी फुटसलमा सञ्चालन हुनेछ । पहिलो दिन लिग चरण तथा अन्तिम दिन नकआउट चरणका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगितामा कामना सेवा, राष्ट्रिय बिमा संस्थान, साग्रिला डेभलोप्मेन्ट, कुमारी, नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एभरेस्ट इन्स्योरेन्स, हिमालयन बैंक, सिटिजन बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योती विकास, साइन रेसुङ्गा, मेगा, बैंक अफ काठमाडौं, लुम्बिनी, प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे, महालक्ष्मी र सिद्धार्थ बैक सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले खेलकुदको विकासमा कर्पोरेट क्षेत्रले भुमिका बढाउनुपर्ने बताए । उनले यस प्रकारको कर्पोरेट इभेन्टले अन्य व्यवसायीक घराना समेत खेलकुदमा सहभागी बन्न प्रेरणा मिल्ने उल्लेख गरे ।
कामना सेवा विकास बैंकको आयोजना रहने प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग एन्फा फुटसलको रहनेछ । प्रतियोगिताको विजेता, उप–विजेता र विधागत तर्फका उत्कृष्ट खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्र सहित गिफ्टह्याम्पर प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]