4 years ago
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ ।

पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आईकेकेएफका विवेककुमार मेहताले लुम्बिनी डोजोका आनन पुर्जा र आर्मीका विकास गुरुङले सो क्योकुसिनका विवेन्द्र राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष ७५ केजीमुनि आर्मीका मनोज थपलिया, आईकेकेएफका थमप्रकाश खड्का, सो क्योकुसिनका सतल लामा र लुम्बिनीका दिलिप यादवले सेमिफाइनल यात्रा तय गरे । पुरुष ६० केजीमुनि केडब्लुडब्लुका होमबहादुर राई, आईकेकेएफका निरज थापा र युवराज मोक्तान, आर्मीका भूपेन्द्र ओली, सुनिल कुँवर र छविलाल खड्का, सो क्योकुसिनका सुजन पाख्रिन र आईकेएका सन्जेश तामाङले क्वाटरफाइनलमा स्थान बनाए ।
महिला खुलामा आर्मीकी मन्जु विक, पत्रिका चन्द र शान्ति थापा मगर, केडब्लुडब्लुका रोजिना भुजेल र करिष्मा कार्की, आईकेकेएफका चन्द्रकुमारी भुजेल र पुनम लामा तथा सो क्योकुसिनकी शिवानी श्रेष्ठ क्वाटरफाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर जबराले उद्घाटन गर्दै नेपाली मार्सल आर्टले अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरे । आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीको पहिचान गरी संघकै खर्चमा बन्द प्रशिक्षणमा राखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । आर्मी र सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]