default_image

9 years ago

November 22, 2016

यू १९ एसिया कप क्रिकेटका लागि पहिलो चरणमा ५२ खेलाडी छानिए

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी जुट्ने क्रममा आइतबार पहिलो चरणका छनोटमा ५२ खेलाडी समेटिएका छन् । छनोटका लागि देशका विभिन्न ६ सहरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि अन्तर्राष्ट्रिय यू १९ प्रतियोगिता खेलिसकेका र त्यसको बन्द प्रशिक्षणमा रहेकालाई भने स्वत पहिलो चरणमा छनोट गराइएको थियो ।

ट्यालेन्ट हन्ट गत साता काठमाacc-copyडौं, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरिएको थियो । छनोटमा पर्नेमा विराटनगरबाट मुकुन्द यादव, सन्दीप ढुंगाना, फिर्तोस अन्सारी छन् । कलैयाबाट मोहम्मद आसिफ शेख, अस्चलकुमार शाह, रिजन ढकाल, रसिद खान, पवन सर्राफ, दिवेन्शु मल्लिक, मोहम्मद हुसेन र समसाद आलम छन् ।

त्यस्तै काठमाडौंबाट छानिने जितेन्द्रसिंह ठकुरी, प्रदीप टण्डन, सन्दीप जोहरा,आयुषमान बम, प्रनय शाह, कमल खत्री, पाल्देन लामा, शुभंकर उराव छन् । भैरहवाबाट सुमन पाण्डे, रोहित पौडेल,देव खना, प्रकाश केसी, धिरज शाही, शाह अलाम, किशोर महतो र विक्रम भुसाल छन् । नेपालगन्जबाट रविन्द्र शाही, सुसान्त सिंह थापा, प्रनित थापामगर, विजय चौधरी, अफजल खान छनोटमा परेका छन् । धनगढीबाट पहिलो चरणमा पर्न सफल हुनेमा लोकेश चन्द, भिम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, अनिलकुमार थापा, विक्रम ढगुन्ना, अमन पन्थी र अनिल विश्वकर्मा छन् ।
यू १९ को पहिलो चरणमा स्वतः छनोट हुनेमा अभिनाष कर्ण, ललितनारायण राजवंशी, सन्दीप सुनार,दीपेन्द्र सिंह ऐरी, नन्दनकुमार यादव, कमलसिंह ऐरी, सागर भण्डारी, सन्दीप लामिछाने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि वेंकटपती राजु, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक र यू १९ प्रशिक्षक विनोद दासको तीन सदस्यीय टोलीले खेलाडीको छनोट गरेको थियो । यू १९ को बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने बताइएको छ । यू १९ डिसेम्बर ८ देखि २२ तारिखसम्म हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.