4 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल कमिटिले आसन्न एएफसी फुटसल एसियन कप क्वालिफायरका लागि ३२ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरेको छ ।

फुटसल टोलीमा मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार प्रारम्भिक टोलीमा ३२ खेलाडीलाई समेटेका हुन् । प्रशिक्षक बस्नेतले गत सेप्टेम्वर १८ देखि अक्टोवर ८ सम्म पोखरामा भएको ‘ए’ डिभिजन राष्ट्रिय लिग र प्रदेश छनोटमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको बताए ।
बन्द प्रशिक्षण ७ जनवरीदेखि काठमाडौंमा सुरु हुनेछ । पहिलो चरणपछि प्रशिक्षण पोखरामा पनि हुनेछ । एएफसी फुटसल एसियन कप क्वालिफायर किर्गिस्तानमा १ देखि १५ अप्रिलमा हुदैछ । ‘ड्र’ ६ जनवरीमा हुदैछ ।
बन्द प्रशिक्षणमा डाकिएका खेलाडी
गोलरक्षक – अनिष श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिव तामाङ र सुमित कुमार आले
फिक्सो – अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ र सरोज तामाङ
पिभोट – अविनाश तामाङ, विक्रान्त नरसिंहराना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के र सुशान श्रेष्ठ
एला – आदिल हामिद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल श्रेष्ठ, मणि कुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्तयाल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन शेर्पा
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]