4 years ago
January 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।

चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित ग¥यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे । बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ को झीनो अग्रता कायम गरेको बिएमके तेश्रोमा ९–१४ र चौथोमा १६–१९ ले पछि प¥यो ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा टाइम्स र रोयलले सफलता पाए । समान २–२ खेल खेलेका रोयल र टाइम्सको यो लगातार दोश्रो जित हो । टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले हरायो । टाइम्सका मविन्द्र क्षेत्रीले २६ स्कोर गरे । चारै क्वाटर आफ्नो पक्षमा परेको टाइम्सले क्रमशः २२–१२, १६–१५, २४–१४ र २२–१९ स्कोर ग¥यो ।
रोयलले क्याम्पियनमाथि ६५–४४ को सहज जित दर्ता ग¥यो । रोयलका निकेश मगरले १२ अंक बटुले । पहिलो क्वाटरमा १९–१२ को अग्रता लिएको रोयल दोश्रोमा १०–१२ ले पछाडि प¥यो । रोयल तेश्रोमा १७–९ र चौथोमा १९–११ ले अगाडि रह्यो ।
प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुने छ । टाइम्सले कीर्तिपुर, बिएमकेले गोल्डेनगेट, रोयलले स्कल क्यान्डी तथा गोड्सले क्याम्पियन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]