4 years ago
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ ।

मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई गरे । नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
खेलाडीमा महिलातर्फ पुष्पा भण्डारी र पुरुषतर्फ किरण सिंह बोगटी र नरेन्द सिंह रावत रहेका छन् । पुष्पाले गत संस्करणमा स्वर्णपदक जितेको जितेको थियो । पुष्पा र किरण विभागीय टोली एपिएफका तथा नरेन्द्र आर्मीका धावक हुन् ।

प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगत एथलेटिक्सतर्फको मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ रहेका छन् । म्याराथनमा १५ भन्दा बढी देशको धावकको सहभागिता रहने अनुमान गरिएको छ । म्याराथन १० जनवरीमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]