default_image

4 years ago

January 7, 2022

१० किलोमिटर दौड हुने

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माघको तेस्र्रो साता काठमाडौंमा १० किलोमिटरको केटिएम रन आयोजना हुने भएको छ । आयोजक शेर्पा आउटडोरको केटिएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौड १५ माघमा हुने जानकारी गराएको हो ।

केटीएम रनको पुरुष र महिलातर्फको विजेताले ट्रफीसहित समान १ लाख रुपैया प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हुनेछ ।

यस्तै, दोस्रो हुनेले समान ५० हजार, तेस्रोले ३० हजार, चौथो हुनेले २० हजार, पांचौ हुनेले १० हजार, छैटी हुनेले समान ५ हजार रुपैया प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै आयोजकले हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार १० किमि दौडलाई निरन्तरता दिने जानकारी गराएको छ । केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैया दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहितका सामाग्री उपलब्ध गराउनेछ ।

केटीएम रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडी दर्ता जनवरी ११ देखि जनवरी २७ सम्म रहनेछ ।
केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै टुंगिनेछ । केटीएम रनको रेस डिरेक्टरमा सुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहने आयोजकले जनाएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.