default_image

9 years ago

November 24, 2016

मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस सुरु, राजकुमार अगाडी

236 views

0 Bookmark

मुस्ताङ (हाम्रो खेलकुद) – मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेलको पहिलो दिन बिहीबार राजकुमार श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनले ५७ मिनेट ५० सेकेण्डमा दुरी पार पुरा गरेका थिए । उपल्लो मुस्ताङमा पहिलो पटक आयोजित रेसको पहिलो दिन बुद्धि बहादुर तामाङ १ घन्टा २ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र नेपाली सेनाका मान बहादुर थापा मगर १ घण्टा २ मिनेट ५६ सेकेण्ड समयका साथ तेस्रो स्थानमा छ । पहिलो दिन मुक्तिनाथ पुगेर रेस टुंगिएको थियो ।

start-of-event

७ चरणमा हुने रेसको दुरी २ सय २० किलोमिटरको राखिएको छ । समुन्द्री सतहबाट २ हजार ८ सय मिटरमा रहेको कागबेनीबाट सुरु भएको यो रेसले मुस्ताङको ४ हजार २ सय मिटरको बिभिन्न पासहरु छिचोल्दै र चरणहरु पार गदै ७ दिनमा टुंगिनेछ । प्रतियोगिताका विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गनेछन् । त्यस्तै रेसमा दोस्रो हुनेले ७५ हजार र तेस्रो स्थानमा रेस सकाउनेले ५० हजार रुपैयाँ पाउनेछन् ।
नेपालमा सम्भावना बेकेको माउण्टेन बाईकिङ्गको बिकासमा योगदान प¥याउदै साहासिक खेल पर्यटन को प्रबद्र्धनका लागी यो प्रतियोगिता अयोजना गरीएको आयोजक तथा ब्याबस्थापक शिखर पाण्डे बताए । उनले भने, ‘हामीले उपल्लो मुस्ताङ यस किसिमको क्रसकन्ट्री साइकल रेस पहिलो पटक आयोजना गरेका हौ, अहिलेको सहभागिताले हामी उत्साहित भएका छौं । आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।’

1
अग्रस्थानमा रहेका राजकुमारले सुरुको चरण सजिलो भएको र मौसमले समेत साथ दिएको बताए । उनले भने,‘अझै धेरै गा¥हो चरणहरु त बाँकी नै छ । प्रतिस्पर्धापनि कडा भएकोले अझै टाईमिङ्गमा सुधार गदै जाने लक्ष्य छ ।’
याक अटयाक लगायत बिभिन्न क्रस कन्ट्रीहरुमा सहभागी जनाएका बुद्धिबहादुर तामाङले उपल्लो मुस्ताङ साईकलिङ्गको लागि उत्तम गन्तव्य भएको बताए । मुस्ताङमा यस्तो प्रतियोगिता पहिलो पटक नेपालीले आयोजना गरेकाले आपूmहरु उत्साही भएको उनले सुनाए । उनले थपे, ‘आज पहिलो दिन भएकोले त्यति छिटो कुदाइएन, भोलीबाट अलि पेस बढाउछु ।’
बेलायतमा भएको माउन्टेन बाईक ओरेन्टेरिङ्ग रेसमा बिजेता रहिसकेकी इजाबेल बोईडले यस्तो मनोरम ठाउमा साईकल कुदाउनै आपूmलाई गर्ब लागेको बताए ।  उपल्लो मुस्ताङमा साइकल कुदाउननै एउटा अदभूत र आनन्दायी क्षण भन्दै अर्का सहभागी ईयन मोरीसनले भने, ‘मेरो लागी यो रेस स्मरणीय रहने छ र यो पुरा गर्नुनै मैले जिते बराबर हुनेछ ।’
मुक्तिनाथबाट सुरु हुने दोस्रो दिनको रेस चैले पुगेर टुंगिनेछ । त्यस्तै घमी , लोमान्थाङ, टागे ,मर्फा र सातौदिनमा तातोपानीमा पुगेर सकिनेछ । साहासिक खेलको रुपमा लिईएको यस प्रतियोगितामा १ महिला सहित ३ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता रहेको छ ।

4

2

3

6

 

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.