4 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित ग¥यो । जेभियरका सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेश्रो भयो । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका साहिल तामाङले १७ स्कोर गरे ।
विजेतालाई लेखक डिआर (दयाराम) सिम्खडा, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङ, प्रिन्सिपल कृष्ण अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, कन्सुलर स्विकृति अधिकारी, भद्रकालीकी प्रिन्सिपल अनिता अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् ।
विगत लामो समयदेखि अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको भ्याली पब्लिकले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेको हो । विद्यालयस्तरीय बास्केटबलले पनि निरन्तरता पाउने संयोजक न्यौपानेले बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]