default_image

4 years ago

January 12, 2022

पदक विजेता सुमन सम्मानित

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराते डो संघले बुधबार सम्मान गरेको छ ।

नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि.का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् ।

सेम्बर ३ देखि ५ तारिखसम्म भएको टोरोन्टो इन्टरनेसनल इ काता च्याम्पियनसिपमा सुमनले स्वर्ण जितेका थिए । उनले पुरुष सिनियर एकल कातामा स्वर्ण जितेका हुन् । प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएन (एनएसकेए), क्यानाडाले आयोजना गरेको हो ।

वल्र्ड युनियन मार्सल आर्ट्स फेडरेसन (डब्लुयुएमएफ), लन्डनको आयोजनामा भएको वल्र्ड कप कराते इ काता च्याम्पियनसिपमा सुमनले कांस्य जिते । सुमनसहित फिलिपिन्सका खेलाडी संयुक्त रुपमा तेश्रो भएका थिए । श्रीलंकाका खेलाडीले स्वर्ण तथा बंगलादेशका खेलाडीले रजत जितेका थिए ।

यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गरेका थिए । विगतमा सुमनले २०११ मा बंगलादेशमा भएको तेश्रो एसियाली कन्टिनेन्टल कराते प्रतियोगितामा स्वर्ण, २०११ मै श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा स्वर्ण, २०१२ मा भारतमा भएको छैटौं एसियाली गोजुरियो खुला कराते प्रतियोगितामा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराते प्रतियोगितामा कांस्य तथा २०२१ मा जर्मनीमा भएको चेम्निज खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान १–१ स्वर्ण र कांस्य जितेका थिए ।

सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि छन् । फ्रान्समा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन कराते प्रतियोगिता तथा लन्डनमा जनवरी ३० तारिखमा हुने युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सहभागिता जनाउदै छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.