default_image

4 years ago

January 13, 2022

टर्नपाइक इभेन्ट र नेपाल बास्केटबल संघबीच सम्झौता

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टर्नपाइक इभेन्ट प्रालिको आयोजना र नेपाल बास्केटबल संघको प्राबिधिक सहयोगमा ‘राष्ट्रिय बास्केटबल लिग’ हुने बिहिबार पत्रकार सम्मेलनमा जानकारी गरियो ।

नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक हुन लागेको आयोजक टर्नपाइक इभेन्ट प्रालिका डाईरेक्टर आलोक प्रताब रानाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने हामी केहि फरक गर्न चाहन्छौं, अहिलेको बास्केटबललाई कसरी माथी उठाउन सकिन्छ,त्यो नै हाम्रो मुख्य उद्देश्य हो ।

उनले भने विकास माथीबाट होईन ग्रासरुटबाट हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । हामी नेपाल बास्केटबल संघसँग सहकार्य गरेर उचाईमा पुर्याउन चाहन्छौं, त्यो ब्यावसाहिक खेलकुदबाट मात्र सम्भाव छ । त्यसको शुरुवात अब बाट हुने छ । पत्रकार सम्मेलनमा नेपाल बास्केटबलका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङले ऐतिहासिक दिनको भएको बताए ।

उनले भने– ‘राष्ट्रिय बास्केटबल लिग’ ले खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यस लिगलाई मध्यनजर गर्दै संघले पेशेवर खेलाडी र प्रशिक्षकको दर्ता गर्नेछ । खेलाडीहरूलाई ए र बी गरि दुई वर्गमा विभाजन गरी दर्ता गरिने छ । १३ औं सागको प्रशिक्षण रहेका खेलाडी ए बर्गमा रहने छन भने अन्य सम्पूर्ण बी बर्गामा समावेश भएर खेल्ने छन् ।

उनले भने मौफसलमा पनि बास्केटबलको विकास होस भन्ने उद्देश्यले उपत्यका बाहिरका ३० प्रतिसत खेलाडीलाई प्रतियोगितामा समावेश गराउने सोचमा रहेका छौं । अध्यक्ष गुरुङले उच्च श्रेणीको लिगको संज्ञा दिदै खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटवल संघले लिएको जानकारी दिए ।

काठमाडौ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल–धनगढीका शहरहरूको प्रतिनिधत्व गर्ने गरि संचालन हुने ‘राष्ट्रिय बास्केटबल लिग’ आयोजकका डाईरेक्टर प्रशुन श्रेष्ठले टर्नपाइक इभेन्टको अधिनमा रहेको राष्ट्रिय बास्केटबल लिगमा ८ फ्रेन्चाइज क्लबहरूको संरचना घोषणा गरि क्लवहरूसँग लिइने लाईसेन्स फिबापतको ४० प्रतिशत रकम टर्नपाइकले सम्झौता अनुसार नेपाल बास्केटबल संघलाई उपलब्ध गराउने छ ।

दशरथ रङ्गशालास्थित बहुधेश्यीय कर्भडहलमा संचालन हुने लिगका लागि प्रत्येक क्लबमा १० नेपाली हुनेछन् भने अन्तर्राष्ट्रिय २ खेलाडी रहने छन् । क्लबमा मुख्य प्रशिक्षक १, साहायक प्रशिक्षक १ फिजियो १ र म्यानेजर एकजना हुनेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.