4 years ago
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाई गरिएको छ ।

टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितका लागि टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ ।
पेरिसपछि ४ सदस्यीय टोलीनै जनवरी २४ मा लन्डन जाने कार्यक्रम छ । त्यहाँ खेलाडीले डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगिता जनवरी ३० तारिखमा हुने छ । लन्डनमा पनि सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधान, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र, राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका नासु राजेश श्रेष्ठ र एकेएफ रेफ्री समेत रहेका मानसिंह डोजोका प्रमुख महेश महर्जनले सोमबार त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । टोलीका लागि ट्रयाक सुट अध्यक्ष श्रेष्ठले प्रायोजन गरेका हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]