4 years ago
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाले अर्को महिना प्रधान सेनापती खेलकुद म्याराथन तथा रन फर फन आयोजना गर्ने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन फागुन १४ गते आयोजना गरिने सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
जसमा पुरुष म्याराथन खेला, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषका लागि १० किलोमिटर तथा उपत्यका भित्रका सहायक रथी र सो भन्दा माथिका रथी, सनिक श्रीमती संघका कार्यकारी पदाधिकारी र आमन्त्रित विशिष व्यक्तिहरुका ५ किलोमिटर दौड समावेश गरिएको बताइएको छ ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना हुने सातौं सस्करणको पुरुषतर्फ म्याराथनका विजेता, उपविजेता र हाफ म्याराथनका विजेताले नगदसहित मोटर साइकल तथा महिला हाफ म्याराथनकी विजेताले नगदसहित स्कुटर पुरस्कार वापत प्राप्त गर्ने बताइएको छ ।
म्याराथनमा २ सय, हाफ म्याराथनमा २ सय ५०, १० किमीमा २ सय ५० र ५ किलोमिटरमा ४ सय ५० गरि १ हजार १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान सेनाले गरेको छ ।
म्यारथानको विजेताले ३ लाखसहित रिसिक अटोमोबाइल प्रालिले प्रायोजन गरेको याहामा मोटरसाइलक प्राप्त गर्नेछन् । म्याराथनमै दोस्रो हुनेले २ लाख रुपैयाँ र काठमाडौं महानगपालिकाले प्रायोजन गरेको मोटरसाइकल जित्नेछन् । त्यस्तै हाफ म्याराथनको महिलातर्फको विजेताले ७५ हजारसहित काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको स्कुटर पाउनेछिन् । हाफ म्याराथनको पुरुषतर्फको विजेताले ७५ हजार र म्याटर ट्रेडिङ कम्पनीले प्रायोजन गरेको मोटरसाइकल पाउनेछन् ।
म्याराथनतर्फको तेस्रोले तेस्रोले १ लाख रुपैयाँ पुस्कार प्राप्त गर्नेछन् । त्यस्तै चौथोले ५०, पाचौंले ३०, छैटौंले २५ हजार, सातौंले २०, आठौंले १५, नवौंले १० र दसौं हुने खेलाडीले ५ हजार पैयाँ प्राप्त गर्ने बताइएको छ । त्यस्तै महिला/पुरुष हाफ म्याराथनको दोस्रो हुनेले ५० हजार र तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै १० किमी सैनिक अधिकृत महिला/पुरुषको विजेताले १० हजार, दोस्राले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् । सैनिक सहचारी महिला र पुरुषतर्फको सिवजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्राले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खुला म्याराथनको पहिलो संस्करणमा पुलिसका भुमिराज राई, दोस्रोमा एपिएफका गोपीचन्द्र पार्की र तेस्रो र चौथोमा आर्मीका कृष्ण बस्नेत, पाँचौमा आर्मीकै होमलाल श्रेष्ठ तथा छैटौंमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]