4 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् ।

एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका साग गेम्सका पदकधारी त्रिभुवन आर्मी क्लवका धावक सोमबहादुर कुमाललाई नेपाल रन युकेका सन्तोष राई, ओलम्पियन हरि बहादुर रोकाया र कर्णाली स्पोर्ट्स क्लवका अध्यक्ष सोराज शाहीलगायतले खेल सामग्री प्रदान गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]