4 years ago
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट समूह विजेता बन्दै लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तीन टिम रहेको समूह ‘डि’ को लिग खेलमा गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बनेको हो न्यो । विजेताका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर गरे । लिगको आफ्नो पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो ।
पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १३–१४ ले पछि प¥यो । बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको गोल्डेनगेटले १६–१२ र ३२–२३ अंक जोड्यो ।
रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले पन्छायो । रोयलका विकास गुरुङले २२ तथा जेभियरका अनिश मगरले १५ अंक बटुले । सबै क्वाटरमा अग्रता बनाएको रोयलले १५–१४, २७–२१, २८–२० र २८–१२ अंक जोड्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ रोयलले नेपाल प्रहरी क्लबलाई ५१–५० को साँघुरो अन्तरले हरायो । रोयलकी छिरिङ शेर्पाले २४ अंक जोड्दा प्रहरीकी रोशनी श्रेष्ठले १५ स्कोर गरिन् । तेश्रो क्वाटर सकिँदासम्म प्रहरी ३५–३३ ले अगाडि थियो ।
अन्तिम तथा चौथो क्वाटरमा रोयलले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले जित्यो । त्यसअघि रोयल सुरुका दुई क्वाटरमा ६–११ र ९–१० ले पछि थियो । तेश्रो क्वाटरमा रोयलले १८–१४ स्कोर गर्दै अंक अन्तरलाई छोट्याएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]