4 years ago
February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे । ड्रिम टिमका सुजन महर्जनले ३३ स्कोर गरे । हारका बावजुद ड्रिम टिम पनि उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यो समूहमा रहेको अर्को टोली शंकरदेव क्याम्पसलाई ड्रिम टिम र आर्मीले हराइसकेका छन् । पहिलो क्वाटरमा २८–२१ को अग्रता लिएको आर्मी दोश्रोमा १७–२० ले पछि प¥यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको आर्मीले तेश्रोमा २४–२० र चौथोमा २९–१७ अंक जोड्यो ।
पुरुषमै मौफसल टोली कास्कीले विजयी सुरुआत गरेको छ । प्रतिसपर्धात्मक खेलमा कास्कीले एचआईके भिजनलाई ८५–८३ ले हरायो । कास्कीका पुस्कल छन्त्यालले २१ तथा एचआईकेका पासाङ शेर्पाले १९ अंक बटुले । पहिलो क्वाटरमा २०–१८ ले अघि रहेको कास्की त्यसपछिका लगातार दुई क्वाटरमा पछि रह्यो । कास्की दोश्रोमा २३–२८ र तेश्रोमा १८–२१ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा २४–१६ को प्रदर्शन गर्दै कास्कीले जित सुनिश्चित ग¥यो ।
महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी क्लबले ललितपुर हाइमाथि ५७–५३ को जित रच्यो । प्रहरीकी अनुषा मल्ल ठकुरीले २५ अंक जोडिन् । ललितपुर हाइकी सदिना श्रेष्ठले १० स्कोर गरिन् । सुरुआतमा ११–१५ ले पछि परेको प्रहरीले दोश्रोमा १३–१० र तेश्रोमा २२–१३ को अग्रता बनायो । चौथो क्वाटर ललितपुरले १५–११ ले पक्षमा पारेपनि जितका लागि पुगेन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]